काठमाण्डौ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा गाडी दुर्घटना भई बेपत्ता गाडी तथा यात्रुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट आज दिउँसो करिब १ः३५ बजे ६ जना गोताखोर सहितको थप टोली परिचालन गरिएको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक(डीएसपी) शैलेन्द्र थापाले बताए।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ६/७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।
बिहीबार बिहान साढे ११ बजे दुर्घटना भएको खबर पाउनासाथ उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको थियो ।
दुर्घटनास्थलबाट करिब ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव निकालिएको छ।
अर्थ चाैतारी ।