logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • जनउत्थान लघुवित्तका डेपुटी सीईओ उपाध्यायद्वारा राजीनामा

    जनउत्थान लघुवित्तका डेपुटी सीईओ उपाध्यायद्वारा राजीनामा

    169
    SHARES
    जनउत्थान लघुवित्तका डेपुटी सीईओ उपाध्यायद्वारा राजीनामा

    काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सूर्यप्रसाद उपाध्यायले आफ्नो पदबाट राजीनामा दिएका छन्। संस्थाका अनुसार उपाध्यायले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामालाई सञ्चालक समितिले स्वीकृत गरिसकेको छ।



    वित्तीय संस्थाको हालै बसेको १४६औँ सञ्चालक समितिको बैठकले उपाध्यायको राजीनामा यही असार ३० गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो।

    लघुवित्तले नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई सो राजीनामा स्वीकृत भई कार्यान्वयनमा आएको बारे औपचारिक जानकारी गराएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट