logo

२०८३ असार ३१, बुधबार

logo
  • २०८३ असार ३१, बुधबार
  • यूनाइटेड अजोड इन्स्योरेन्सको ३२ औँ साधारण सभा सम्पन्न, ४.२८ प्रतिशत बोनस सेयर पारित

    यूनाइटेड अजोड इन्स्योरेन्सको ३२ औँ साधारण सभा सम्पन्न, ४.२८ प्रतिशत बोनस सेयर पारित

    416
    SHARES
    यूनाइटेड अजोड इन्स्योरेन्सको ३२ औँ साधारण सभा सम्पन्न, ४.२८ प्रतिशत बोनस सेयर पारित

    काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२ औँ वार्षिक साधारण सभा बुधबार भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेका सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।



    साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरेको हो।

    सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशतका दरले हुन आउने ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर पारित गरेको छ। साथै, बोनस सेयरमा लाग्ने लाभांश कर प्रयोजनका लागि ०.२२५६ प्रतिशतका दरले ५२ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत स्वीकृत भएको छ। नियामक निकायको स्वीकृतिपछि बोनस सेयर जारी गरिने र त्यसपछि कम्पनीको जारी तथा चुक्ता पूँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने इन्स्योरेन्सले जनाएको छ।

    कम्पनीले संरचनात्मक सुधार अन्तर्गत शाखा तथा उपशाखा, तेस्रोपक्ष बीमा काउन्टर र प्रादेशिक कार्यालयहरूको समायोजन गरी हाल देशभर १०४ वटा सञ्जालमार्फत बीमा सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ मा सेयरधनीहरूलाई अपेक्षित प्रतिफल दिन र कम्पनीको व्यावसायिक लक्ष्य हासिल गर्न सम्पूर्ण संयन्त्र क्रियाशील रहने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३१ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट