काठमाण्डौ । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र आयोगको कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
अख्तियारका अनुसार इन्जिनियर खड्कालाई घुस रकमसहित झा दमक नगरपालिका–१ स्थित खाजाघरबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीपछि उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
उनी छैटौँ तहका कर्मचारी हुन्।
अर्थ चाैतारी ।