logo

२०८३ साउन ५, मंगलबार

logo
  • २०८३ साउन ५, मंगलबार
  • जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक: मन्त्री चौधरी

    जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक: मन्त्री चौधरी

    728
    SHARES
    जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक: मन्त्री चौधरी

    काठमाण्डौ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु-स्मार्ट कृषि प्रणालीको विस्तार र विकासका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताएकी छन् । ‘नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना’ को प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

    कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु-स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यसका लागि चीन सरकार, चाइना इन्टरनेसनल डेभलपमेण्ट कोअपरेशन एजेन्सी (सिडका), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) लगायतका विकास साझेदारहरूको सहयोग आवश्यक रहेको औंल्याइन् । अन्तर्राष्ट्रिय साझेदारीमार्फत आधुनिक पूर्वाधार निर्माण गरी कृषि उत्पादन वृद्धि, खाद्य सम्प्रभुता सुनिश्चित र दिगो मूल्य शृङ्खला विकास गरिने उनले जानकारी दिइन् ।

    नेपालको कृषि क्षेत्र हाल न्यून उत्पादकत्व, जलवायु परिवर्तनको असर, प्राकृतिक विपद्, युवा जनशक्तिको वैदेशिक पलायन तथा आधुनिक प्रविधि र बजारसम्मको सीमित पहुँचजस्ता संरचनागत चुनौतीबाट गुज्रिरहेको मन्त्री चौधरीले बताइन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रयोगशालाको अभावमा नेपाली कृषि उपजको निर्यातमा समेत समस्या देखिएकाले सरकारले आधुनिक प्रयोगशाला निर्माण र यसको दायरा विस्तारलाई उच्च नीतिगत प्राथमिकतामा राखेको bacon (उनको) भनाइ थियो ।

    चीन सरकार, सिडका र एफएओको सहयोगमा सुरु भएको यस परियोजनाले नेपालको राष्ट्रिय प्राथमिकतालाई सम्बोधन गर्ने विश्वास मन्त्री चौधरीले व्यक्त गरिन् । नेपाल र चीनबिचको ऐतिहासिक एवं सौहार्दपूर्ण सम्बन्धको चर्चा गर्दै उनले कृषि आधुनिकीकरण र गरिबी न्यूनीकरणमा चीनले हासिल गरेको सफल अनुभव, ज्ञान, प्रविधि र असल अभ्यासको आदान-प्रदान नेपालका लागि निकै उपयोगी हुने धारणा राखिन् ।


    अर्थ चाैतारी
  • सोमबार, ४ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट