logo

२०८३ साउन ५, मंगलबार

logo
  • २०८३ साउन ५, मंगलबार
  • GWM को आफ्नै ब्याट्री प्रविधि ‘Dragon Armor Battery’ ले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

    GWM को आफ्नै ब्याट्री प्रविधि ‘Dragon Armor Battery’ ले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

    416
    SHARES
    GWM को आफ्नै ब्याट्री प्रविधि ‘Dragon Armor Battery’ ले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

    काठमाण्डौ । विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको सबैभन्दा ठूलो प्राथमिकता बन्न थालेको छ ।

    धेरैजसो अटोमोबाइल कम्पनीहरूले ब्याट्रीका लागि तेस्रो पक्ष (बाहिरी आपूर्तिकर्ता) माथि निर्भर रहने भए तापनि, GWM विश्वका थोरै यस्ता अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले आफ्नै भगिनी कम्पनी SVOLT Energy मार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादनमा आफूलाई समर्पित गर्दै आएको छ । यही रणनीतिक कदमका कारण GWM ले आफ्नो ब्याट्री प्रविधिको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि पूर्ण नियन्त्रण कायम गर्न सफल भएको छ ।

    नेपालमा हालै सार्वजनिक भएको GWM ORA 5 EV SUV मा प्रयोग गरिएको ‘Dragon Armor Battery’ पनि GWM अन्तर्गतको अत्याधुनिक ब्याट्री निर्माता कम्पनी SVOLT ले नै विकास तथा उत्पादन गरेको हो । वर्षौँको गहन अनुसन्धान र प्रविधि विकासपछि तयार गरिएको यो ब्याट्रीले आगो र पानी प्रतिरोधी उच्च सुरक्षा मापदण्ड, लामो ड्राइभिङ रेन्ज, द्रुत (फास्ट) चार्जिङ क्षमता तथा उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्लेटफर्ममा समेटेको छ ।

    यस ब्याट्रीको विशिष्ट आन्तरिक संरचनाका कारण यसको नाम “Dragon Armor” राखिएको हो । ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा मिलाएर सजाइएको छ । यो संरचनात्मक डिजाइनले एक विशेष प्रकारको डाउनवर्ड भेन्टिङ (तलतर्फ हावा फाल्ने) प्रणाली निर्माण गर्छ, जसले कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भए पनि त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई सवारीसाधनभन्दा तलतर्फ बाहिर निकाल्ने कार्य गर्छ । फलस्वरूप, यो नवीन संरचनाले यात्रुहरूको सुरक्षाका लागि एक मजबुत सुरक्षात्मक कवच (Armor) को रूपमा काम गर्छ ।


    अर्थ चाैतारी
  • सोमबार, ४ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट