logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • राष्ट्र बैंकका प्रथम गर्भनर हिमालय शमशेर जबराको निधन

    राष्ट्र बैंकका प्रथम गर्भनर हिमालय शमशेर जबराको निधन

    1.1K
    SHARES
    राष्ट्र बैंकका प्रथम गर्भनर हिमालय शमशेर जबराको निधन

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालय शमशेर जबराको निधन भएको छ । ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।



     

    १४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए । राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ती दिँदा उनको उमेर मात्र २९ वर्ष थियो ।

     

    जबराले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए । त्यसपछि व्यवसायमा पनि लागे । हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म उनले स्थापना गरेका थिए ।


    अर्थ चाैतारी
  • आइतबार, २२ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट