logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • २ इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज

    २ इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज

    936
    SHARES
    २ इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज

    काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल लिमिटेड, कमलादी काठमाडौँ र एलएनटी इन्फोटेक प्रालीको लाइसेन्स खारेज गरेको छ। प्राधिकरणले हिजाे एक सूचना जारी गर्दै उक्त दुई कम्पनीलाई दिइएको अनुमति पत्र खारेज गरिएको जनाएको हो।



     

    इन्टरनेट (इमेलसहित) प्रभु डिजिटल (अनुमतिपत्र नं फि.ज १–१२१) र एलएनटीले (अनुमतिपत्र नं फि ज १–१२२) नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेको भन्दै प्राधिकरणले अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वतः खारेज भएको जनाएको छ।

     

    साथै इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गरेबापत नियमानुसार तिर्न र बुझाउन कुनै दस्तुर देखिएमा उक्त रकम ३० दिनभित्र तिर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ। अन्यथा बाँकी बक्यौता रकम प्रचलित कानुनअनुसार असुलउपर गरिने प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जनाएको छ। यसअघि माघ १६ गते प्राधिकरणले लाइसेन्स नवीकरण नगरेको भन्दै केसिएन नेट प्राली बौद्धलाई दिइएको लाइसेन्ससमेत खारेज गरेको थियो ।


    अर्थ चाैतारी
  • शनिबार, २८ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट