logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सूर्योदय वोमी लघुवित्तको सवा २ लाख बढी कित्ता सेयर बिक्रीमा

    सूर्योदय वोमी लघुवित्तको सवा २ लाख बढी कित्ता सेयर बिक्रीमा

    793
    SHARES
    सूर्योदय वोमी लघुवित्तको सवा २ लाख बढी कित्ता सेयर बिक्रीमा

    काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले सवा २ लाख बढी कित्ता सेयर हिजाे फागुन १७ गतेबाट बिक्रीमा राखेको छ।



    संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको कुल २ लाख २८ हजार २९५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने छन्।

    इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र ललितपुरको महालक्ष्मी–४स्थित संस्थाको कर्पोरेट कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर कित्ता संख्याको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्रीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १८ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट