logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • कर्मचारीमाथि दुर्व्यवहारप्रति नेपाल लघुवित्त बैंकर्स संघको आपत्ति

    कर्मचारीमाथि दुर्व्यवहारप्रति नेपाल लघुवित्त बैंकर्स संघको आपत्ति

    663
    SHARES
    कर्मचारीमाथि दुर्व्यवहारप्रति नेपाल लघुवित्त बैंकर्स संघको आपत्ति

    काठमाण्डौ । कर्मचारीमाथि दुर्व्यवहार भएकोप्रति नेपाल लघुवित्त बैंकर्स संघले गम्भीर आपत्ति जनाएको छ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको जाजरकोट शाखामा कार्यरत कर्मचारी गोपालप्रसाद उपाध्यायमाथि मंगलबार भएको दुर्व्यवहारप्रति संघले गम्भीर आपत्ति जनाएको हो ।



    उपाध्यायमाथि अज्ञात समूहले कुटपिटसहित कालोमोसो दलेर अपमानजनक व्यवहार गर्नुका साथै समूहबाट संकलन भएको रकमसमेत लुटेर फरार भएको थियो । लघुवित्त वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा बिनाधितो कर्जा उपलब्ध गराई विपन्न महिलाको जीवनस्तर माथि उकास्न निरन्तर लागिरहेको सन्दर्भमा भएको अमानवीय र अराजकताको पराकाष्ठ भएको संघको ठहर छ ।

    घरदैलोमा वित्तीय सेवा प्रदान गर्न फिल्डमा खटिएका लघुवित्त वित्तीय संस्थाका कर्मचारीका लागि त शान्ति सुरक्षा झनै आवश्यक पर्ने भएकाले सुरक्षित रुपमा काम गर्ने वातावरणको सुनिश्चतता गर्न सरकार र नियामक निकाय नेपाल राष्ट्र बैंकसँग संघले अपिल गरेको छ ।

    ‘जनमानसमा नकारात्मक प्रभाव पार्ने, देशमा अराजकतालाई बढवा दिने, आर्थिक अस्थिरता निम्त्याउने र देशको अर्थतन्त्र नै दुर्घटनाग्रस्त हुने सम्भावना हुँदा यस्ता गतिविधि तत्काल बन्द गरी शान्तिपूर्ण काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित सबै पक्षसँग अपिल गर्दछौं,’ संघका अध्यक्ष प्रकाशराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १८ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट