logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • आजदेखि एसईई परीक्षा सुरु, ४ लाख ८५ हजार परीक्षार्थी सहभागी हुँदै

    आजदेखि एसईई परीक्षा सुरु, ४ लाख ८५ हजार परीक्षार्थी सहभागी हुँदै

    988
    SHARES
    आजदेखि एसईई परीक्षा सुरु, ४ लाख ८५ हजार परीक्षार्थी सहभागी हुँदै

    काठमाण्डौ । आज (शुक्रबार) देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। आज २ हजार ३७ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि अंग्रेजीको परीक्षा हुनेछ ।



     

    परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यस वर्ष परिक्षामा सहभागी हुने छात्रा र छात्र विद्यार्थीको संख्या बराबर जस्तै देखिएको छ । कार्यालयको तथ्यांक अनुसार ३८ जनाले मात्रै छात्राको संख्या बढी देखिएको छ । कार्यालयको अनुसार ४ लाख ८५ हजार ३९६ जम्मा विद्यार्थी मध्ये छात्राको संख्या २ लाख ४२ हजार ७१२ र छात्रको संख्या २ लाख ४२ हजार ६७४ रहेको छ ।

     

     

    परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये प्राविधिक धारसमेत सञ्चालन भएका ५०५ विद्यालयका १५ हजार ४६१ जना सहभागी हुनेछन् । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक/सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी जम्मा ७७ हजार ९९२ जना जनशक्ति प्रत्यक्ष रुपमा परीक्षा केन्द्रहरुमा खटिनेछन् ।

     

     

    परीक्षालाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै प्रदेशका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा ७७ वटै जिल्ला परीक्षा समन्वय समितिहरुबाट परीक्षामा खटिने केन्द्राध्यक्ष लगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

     

    साथै प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षासँग सम्बन्धित सामग्रीहरु नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पुगिसकेको जनाएका छन् । नियन्त्रक श्रेष्ठले सबै परीक्षार्थीलाई विना डरत्रास उच्च मनोबल र निर्भयका साथ परीक्षामा सहभागी हुन अपील गरेका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १७ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट