logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • उद्योगमन्त्री रिजालसँग एफएनसीसीआईको भेट, स्टार्टअप नीति पारित गर्न आग्रह

    उद्योगमन्त्री रिजालसँग एफएनसीसीआईको भेट, स्टार्टअप नीति पारित गर्न आग्रह

    598
    SHARES
    उद्योगमन्त्री रिजालसँग एफएनसीसीआईको भेट, स्टार्टअप नीति पारित गर्न आग्रह

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल समक्ष सोमवार मन्त्रालयमा बधाई भेटवार्ता गरेको छ । मन्त्री रिजाल गत शुक्रवार उद्योग मन्त्रीमा नियुक्त भएका थिए ।



     

    अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्र संकटोन्मुख हुँदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा पर्न गएको बताए । अर्थतन्त्रमा अहिलेको संकट समाधानका लागि मन्त्रालयले ठोस पहल गर्नुपर्ने उनले बताए । अहिले बजारमा तरलता प्रवाह बढाउनुका साथै अन्य उपकरणको प्रयोग गरी ब्याजदर घटाउनु पर्ने सुझाव उनको थियो । बजारमा माग नहुँदा उद्यम व्यवसाय आधा भन्दा कम क्षमतामा चलिरहेकोले बजारमा विश्वास बढाउनुपर्ने अध्यक्ष गोल्छाको राय थियो ।

     

    ‘अवस्था सहज बनाउन सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने वातावरण बनाउनै पर्छ,’ गोल्छाले भने, ‘वितरणमुखी हुने कुरामा हामी गयौं भने संकटमा पर्छौ नै ।’ वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध भएसम्मका सबै उपाय र उपकरण प्रयोग गरेर भएपनि बजारमा लगानी बढाउन र निजी क्षेत्रमा विश्वासको वातावरण बनाउने काममा सरकार लाग्नु पर्ने सुझाव राखे ।

     

    सो अवसरमा उद्योग मन्त्री रिजालले महासंघकातर्फबाट राखिएका सुझावलाई कार्यान्वयन गर्न महासङ्घसँग नियमित संवाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाए । उनले स्टार्टप नीतिबारे सबैसँग सल्लाह गरी पारित गर्ने आश्वासन पनि दिए । मन्त्री रिजालले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग/सहकार्य गर्ने विश्वास दिलाए ।


    अर्थ चाैतारी
  • मंगलबार, २१ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट