logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • चैत २३ गतेदेखि २५ गतेसम्म काठमाण्डौमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुँदै

    चैत २३ गतेदेखि २५ गतेसम्म काठमाण्डौमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुँदै

    1.1K
    SHARES
    चैत २३ गतेदेखि २५ गतेसम्म काठमाण्डौमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुँदै

    काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना तीन दिने राष्ट्रिय सहकारी महासम्मेलन गर्ने भएको छ ।



     

    मंगलवार काठमाण्डौमा पत्रकार सम्मेलनको महासंघले चैत २३ गतेदेखि २५ गतेसम्म काठमाण्डौमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन गर्न लागेको जानकारी दिएको हो । सहकारी महासम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने बताइएको छ ।

     

    पत्रकार सम्मेलनमा बोल्दै तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन स्टेरिङ कमिटी सदस्य सचिव चित्रकुमारी थाम्सुहाङ सुब्बाले सहकारीको दिगोपनका लागि स्वनियम तथा सुशासन कायम गर्ने मुख्य उद्देश्य रहेको बताइन् । उनले सम्मेलनमा सरकारका प्रतिनिधि,जनप्रतिनिधि,सातै प्रदेशका सहकारी कर्मी,निजी क्षेत्रका प्रतिनिधि,गैरसरकारी संघ,विश्वविद्यालयका प्राध्यापकहरू र अन्तर्राष्ट्रिय सहकारी अभियान्ताहरुको गरी करिब एक हजार जनाको सहभागिता हुने बताइन् ।

     

    त्यस्तै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सम्मेलनमा नेपालको सहकारी अभियानको अवस्था,वर्तमान समस्या र चुनौतीको विषयमा छलफल हुने बताए । उनले सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट सहकारीका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने बताए । उनले अब नेपालको सहकारी अभियानको दिशा निर्देश गर्नेको लागि महासम्मेलन गर्न लागेको बताए ।


    अर्थ चाैतारी
  • बुधबार, २२ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट