logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • महासङ्घको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी, वस्तुगत र जिल्ला नगर सदस्यमा क-कसले जिते ?

    महासङ्घको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी, वस्तुगत र जिल्ला नगर सदस्यमा क-कसले जिते ?

    637
    SHARES
    महासङ्घको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी, वस्तुगत र जिल्ला नगर सदस्यमा क-कसले जिते ?

    काठमाण्डौ । उद्योग वाणिज्य महासङ्घको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । उमेशलाल समूहबाट चुनाव लडेका उनी ६१ मतसहित निर्वाचित भएका हुन् ।



    ढकाल पूर्व अध्यक्ष चन्डीराज ढकालका भाइ समेत हुन् । कुल खसेको १२३ मतमध्ये ढकालले ६१ मत पाए । यस्तै अञ्जन श्रेष्ठ समूहका मनिषलाल प्रधानले ५३ मत पाएका छन्। यस्तै रामचन्द्र संघई समूहका सकुन्तलाल हिराचनले ७ मत पाएका छन्।

     

    नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनबाट जिल्ला नगर र वस्तुगत कार्यसमिति सदस्यमा उमेशलाल श्रेष्ठ समूहले वर्चस्व जमाएको छ। कुल १८ जना सदस्य निर्वाचित हुने यो समुहमा उमेशलाल प्यानलको १० जनाले विजयी हासिल गरेका हुन् ।

     

    जिल्ल नगरतर्फ अञ्जन श्रेष्ठ समूहबाट भने ७ जना व्यबसायी कार्यसमितिमा निर्वाचित भएका छन् । उमेशलालकाे टिमबाट जिल्ला नगरमा निरक केसी, प्रयास कार्की, अब्दुल वाहिद मन्सुरी, कल्पना गैरे, किशोरकुमार आचार्य, गोकुल श्रेष्ठ, मन्जुकुमार श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, ताराबहादुर कार्की, उमेश डालमिया र केशवप्रसाद भण्डारी निर्वाचित भएका छन् ।

     

    अञ्जनकुमार टिमबाट नवीन रिजाल, उज्वलप्रसाद कसजु, अमरेशचन्द्र बैदार, पुष्पराज कुँवर, अनिलकृष्ण श्रेष्ठ, कृष्ण कटुवाल र बेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत तर्फको उमेशलालकै बढी छन् । जसमा ८ जना कार्यसमिति सदस्य उमेशलाल श्रेष्ठको निर्वाचित भएका छन् भने अञ्जन श्रेष्ठको पनि ६ जना सदस्य नै निर्वाचित भएका छन् ।

     

    बस्तुगत सदस्यमा उमेशलाल प्यानलबाट कमला श्रेष्ठ, डा. सुबोध कुमार गुप्ता, नानीराज घिमिरे, नरेशलाल श्रेष्ठ, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, लिलेन्द्रप्रसाद प्रधान र हरिबहादुर कार्की विजयी भएका छन् । अञ्जनको टिमबाट भने अरनिको राजभण्डारी, मनोज अधिकारी, रविन पुरी, राजकुमार कार्की, शिवप्रसाद घिमिरे र शोभा ज्ञवाली विजयी भएका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, ३० चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट