logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • मौलाकाली केबलकार सञ्चालनमा, ५ मिनटमै मन्दिर पुग्न सकिने

    मौलाकाली केबलकार सञ्चालनमा, ५ मिनटमै मन्दिर पुग्न सकिने

    1K
    SHARES
    मौलाकाली केबलकार सञ्चालनमा, ५ मिनटमै मन्दिर पुग्न सकिने

    काठमाण्डाै । नवलपुरको गैँडाकोटमा आजदेखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ । नयाँवर्षको अवसर पारेर आजबाट सेवा सुरु गरिएको मौलाकाली केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए ।



    आज बिहान विहान ६ वजेदेखि केबलकार सञ्चालनमा आएको हो ।केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं. ६ निवासी सय वर्षीया बृद्धा सरस्वती कँडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका थिए । केवलकारमार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्न सकिनेछ। करिब दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारको दुइतर्फी मूल्य रु ५५० कायम गरिएको शाहले जानकारी दिए ।

     

    उनका अनुसार केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरुका लागि रु ४१५, जेष्ठ नागरिकहरुका लागि रु. ४१५ र फरक क्षमता भएकाहरुका लागि रु २७५ को टिकटदर राखेको छ । केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरुका लागि निःशुल्क सेवा दिइने जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट