logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नवनिर्वाचित अध्यक्ष ढकालद्वारा पदभार ग्रहण, लगानीको वातावरण र निजी क्षेत्रको प्रतिष्ठा प्राथमिकतामा

    नवनिर्वाचित अध्यक्ष ढकालद्वारा पदभार ग्रहण, लगानीको वातावरण र निजी क्षेत्रको प्रतिष्ठा प्राथमिकतामा

    546
    SHARES
    नवनिर्वाचित अध्यक्ष ढकालद्वारा पदभार ग्रहण, लगानीको वातावरण र निजी क्षेत्रको प्रतिष्ठा प्राथमिकतामा

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार बिहान महासंघको अध्यक्षका रुपमा पदभार ग्रहण गरेका छन्।



     

    ढकाल हालै सम्पन्न ५७औँ वार्षिक साधारणसभाबाट महासंघको २०औँ अध्यक्षमा निर्वाचित भएका हुन्। ढकाल महासंघको विधानअनुसार यही चैत २८ र २९ गते आयोजित ५७औँ वार्षिक साधारणसभाबाट स्वतः अध्यक्ष बनेका हुन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्ति नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने गर्छ। बिहीबार सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमितिको चयन भएसँगै सोही दिन ढकालले अध्यक्षको सपथ लिएका थिए।

     

    आज बिहान महासंघ अध्यक्षको कार्यभार सम्हाल्दै अध्यक्ष ढकालले आफ्नो कार्यकालमा पाँचवटा विषयमा केन्द्रित रही काम गर्ने बताए। पहिलो– वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो– लगानीको वातावरण बनाउने, तेस्रो– राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, चौथो– दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने र पाँचौँ– राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकता साथ कार्यान्वयनमा लैजाने दृढताका साथ महासंघ अघि बढ्ने ढकालको भनाइ छ।

     

    महासंघको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने तथा नेपाली उद्यमी–व्यवसायीलाई लगानी प्रवर्द्धनका कार्यक्रम लिएर महासंघले विशेष अभियान सञ्चालन गर्नेमा पनि अध्यक्ष ढकालले जोड दिए। उनले सबैजना उद्योगी–व्यवसायी साथीहरुको आशा र भरोसाको संवाहक बनेर महासंघले काम अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

     

    महासंघलाई ठूला, साना र मझौला सबै उद्योगी–व्यवसायीको साझा चौतारीका रुपमा स्थापित गर्न आफ्नो प्रयास रहने अध्यक्ष ढकालले उल्लेख गरे। जिल्ला नगर तथा वस्तुगत उद्योग बाणिज्य संघहरुलाई आगामी दिनमा थप सशक्त बनाउने प्राथमिकताको रहेको पनि ढकालले बताए। उद्योग-व्यवसाय तथा लगानीसँग प्रत्यक्ष जोडिने आर्थिक विषयसँग सम्बन्धित ऐन नियमहरु संशोधन गर्दा वा नयाँ नीति तथा कानून तर्जुमा गर्दा सरकार र नीति निर्माणकर्ताहरुसँग सघन सहकार्यका लागिसमेत आफूले पहल गर्ने अध्यक्ष ढकालले बताए।


    अर्थ चाैतारी
  • आइतबार, ३ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट