logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • रोल्पा सिमेन्टले तिरेन ८ करोड वक्यौता, काटियो बिजुली

    रोल्पा सिमेन्टले तिरेन ८ करोड वक्यौता, काटियो बिजुली

    1K
    SHARES
    रोल्पा सिमेन्टले तिरेन ८ करोड वक्यौता, काटियो बिजुली

    काठमाण्डौ । रोल्पा सिमेन्टले वक्यौता तिर्न आलटाल गरेपछि नेपाल विद्युत प्राधिकरणले बिजुली काटिदिएको छ। रोल्पा वितरण केन्द्र अन्तर्गत बिजुली लिएर उद्योग चलाइरहेको रोल्पा सिमेन्टले आठ करोड ४४ लाख ६७९ रुपैयाँ वक्यौता तिर्न बाँकी छ।



     

    उक्त उद्योगले एक वर्षदेखि विद्युत महशुल नतिरेपछि आइतवारदेखि बिजुली काट्नुपरेको प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज प्रमुख हरि पाण्डेले बताए। उनका अनुसार सिमेन्ट उद्योगले डेडिकेटेडसहित दुई वर्षदेखि आठ करोड ४४ लाख ६७९ रूपैयाँ तिर्न बाँकी रहेको छ।

     

    प्राधिकरणले वक्यौताको २५ प्रतिशत अहिले भुक्तानी गरेमा बिजुली उपलब्ध गराउने जनाएको छ। पाण्डेका अनुसार अहिले २५ प्रतिशत बुझाए बाँकी रकमलाई किस्ताको सुविधा दिइने छ। यसअघि प्राधिकरणले दाङस्थित सोनापुर सिमेन्टको पनि बिजुली काटिदिएको थियो। करिब ७५ करोड वक्यौता भुक्तानी नगरेपछि प्राधिकरणले सोना सिमेन्ट प्रालिको बिजुली शुक्रबारदेखि काटिदिएको थियो।


    अर्थ चाैतारी
  • सोमबार, ४ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट