logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • गौतमबुद्ध क्रिकेट रंगशाला बनाउँदा लागेको १२ करोड ऋण सरकारले तिरिदिने

    गौतमबुद्ध क्रिकेट रंगशाला बनाउँदा लागेको १२ करोड ऋण सरकारले तिरिदिने

    845
    SHARES
    गौतमबुद्ध क्रिकेट रंगशाला बनाउँदा लागेको १२ करोड ऋण सरकारले तिरिदिने

    काठमाण्डाै । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको १२ करोड ऋण सरकारले तिरिदिने भएको छ। धुर्मुस–सुन्तली फाउन्डेशनले दाबी गरेको १८ करोडमध्ये १२ करोड ऋण सरकारले तिर्ने भएको हो।



     

    सरकारले सो ऋण रकमबारे छानविन गर्नका लागि समिति बनाएको थियो। उक्त छानविन समितिले साढे १२ करोडमात्रै ऋण मुल्याकंन निकाल्दै प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदन अनुसार सरकारले १२ करोड ऋण तिर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

     

    ती मन्त्रीका अनुसार उक्त रकम राष्ट्रिय खेलकुद परिषद् मार्फत धुर्मुस सुन्तली फाउन्डेशनलाई उपलब्ध गराइनेछ। साढे १२ करोड ऋण तिरेपछि सम्पूर्ण स्वामित्व लिँदै सरकारले बाँकी निर्माणको काम अघि बढाउनेछ। जसका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पससँग आवश्यक प्राविधिक सहयोग लिने तयारी पनि भएको ती मन्त्रीले जानकारी दिए।


    अर्थ चाैतारी
  • सोमबार, ४ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट