logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • आईएमईले ल्यायो ‘७ मा ७’ अफर

    आईएमईले ल्यायो ‘७ मा ७’ अफर

    793
    SHARES
    आईएमईले ल्यायो ‘७ मा ७’ अफर

    काठमाण्डौ । आईएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मूलनारासाथ नयाँ योजना सार्वजनिक गरेको छ ।



    विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरी ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहारस्वरुप जनही नगद ७ हजार प्रदान गरिने कम्पनीले जनाएको छ। उक्त योजना २०८० वैशाख १ देखि ३१ गतेसम्मका लागि सञ्चालन हुने कम्पनीको भनाइ छ।

     

    विदेशमा रहेका नेपालीहरुले आइएमई वा आइएमईका साझेदारहरुमार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरी यो योजनामा सहभागी हुन सक्नेछन्। योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्रमार्फत गरिनेछ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट