logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • स्मार्ट टेलिकमको स्वामित्व दुर सञ्चार प्राधिकरणमा आए संगै सञ्चालकमा गोकर्ण सिटौलालाई जिम्मेवारी तोक्ने निर्णय

    स्मार्ट टेलिकमको स्वामित्व दुर सञ्चार प्राधिकरणमा आए संगै सञ्चालकमा गोकर्ण सिटौलालाई जिम्मेवारी तोक्ने निर्णय

    1.1K
    SHARES
    स्मार्ट टेलिकमको स्वामित्व दुर सञ्चार प्राधिकरणमा आए संगै सञ्चालकमा गोकर्ण सिटौलालाई जिम्मेवारी तोक्ने निर्णय

    काठमाण्डौ । लामो समयदेखि कर भुक्तानी नगरी बक्यौता राखेपछि नियामक नेपाल दुर सञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरी व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको छ ।



     

    प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरी व्यवस्थापन नियन्त्रणमा लिने निर्णय भई प्रक्रिया नै अघि बढिसकेको बताए । अध्यक्ष खनालका अनुसार अब १५ दिनभित्रमाा प्राधिकरणलाई हस्तान्तरण हुनेछ । सो कार्यको लागि सञ्चालक गोकर्ण सिटौलालाई जिम्मेवारी तोक्ने निर्णय समेत भइसकेको छ । अब सो कम्पनीको व्यवस्थापन प्राधिकरण आफैले सम्हाल्नेछ । लाइसेन्स खारेज भएपनि स्मार्ट टेलिकम भने सञ्चालनमै हुनेछ । सो कम्पनीको सञ्चालन कार्य प्राधिकरणले गर्नेछ ।

     

     

    प्राधिकरणका प्रबक्ता तथा निर्देशक सन्तोष पौडेलले तोकिएको मितिभित्र राजश्व बुझाउन नआएपछि यही बैशाख २ गतेबाट स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको बताए । स्मार्ट टेलिकमले विगत पाँच वर्षदेखि लेखा परिक्षण समेत नगरी, पाँच वर्षअघि नै भुक्तानी गर्नुपर्ने पाँच अर्बभन्दा बढि राजश्व समेत भुक्तानी नगरी अटेर गर्दै आएको थियो । समग्रमा कम्पनीले बुझाउनुपर्ने रकम ३० अर्ब हाराहारी पुगेको प्राधिकरणको अनुमान छ । प्राधिकरण स्रोतले भन्यो, ‘अब व्यवस्थापन नै आफैले लिएर हेरेपछि भुक्तानी गर्नुपर्ने दायित्वबारे थाहा हुनेछ ।’ प्राधिकरणले अब अडिट गरेर सबै विवरण तयार पारेपछि मात्रै कर सम्बन्धी विवण प्राप्त हुने जनाएको छ ।

     

     

    प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘हामीले आज पत्राचार गरिसकेका छौं । अब १५ दिनभित्र स्टेप बाई स्टेप टेकओभरको प्रक्रिया पुरा हुने गरी काम गर्छौ ।’ लाइसेन्स खारेज भएपनि उक्त कम्पनीको सेवा भने अबरुद्ध हुनेछैन । थप १५ दिन सोही टिमलाई नियमित रुपमा सेवा सञ्चालन गर्न भनिएको र १५ दिनभित्रैमा प्राधिकरणले पूर्ण सञ्चालनमा ल्याउने प्राधिकरणले जनाएको छ । प्राधिकरणले लिएको स्मार्ट टेलिकम कुन विधिबाट सञ्चालन गर्ने भन्ने अहिले नै एकिन भइसकेको छैन । अब यस सम्बन्धमा सरकारले आवश्यक निर्णय गरेपछि मात्रै थप प्रक्रिया अघि बढ्ने प्राधिकरणको भनाई छ ।


    अर्थ चाैतारी
  • बुधबार, ६ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट