logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • के.एल. दुगड समूहले ल्यायो ज्ञान मह

    के.एल. दुगड समूहले ल्यायो ज्ञान मह

    845
    SHARES
    के.एल. दुगड समूहले ल्यायो ज्ञान मह

    काठमाण्डौ । के.एल. दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मह नेपाली बजारमा ल्याएको छ । स्थानीय रुपमा उपलब्ध विभिन्न बहुमुल्य वनस्पतिहरुमा चरन गरेका मौरीहरुबाट यस महको उत्पादन गरिएको कम्पनीले जनाएको छ ।



     

    साथै स्थानीय किसानहरुद्वारा स्थानीय रुपमै उत्पादित सामानहरुको प्रवद्र्घन गर्ने उद्धेश्यले यस महको उत्पादन शुरु गरिएको पनि कम्पनीले जानकारी दिएको छ ।

     

    खाद्य प्रविधिका अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको परिक्षण गरि उपभोगको लागि ल्याएको जनाइएको छ । ज्ञान मह मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २५० ग्राम, ५०० ग्राम र १ केजीको प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १० बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट