logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नेपोभिट टाइल्सले मनायो पहिलो वार्षिक उत्सव, नयाँ टाइल्स सार्वजनिक

    नेपोभिट टाइल्सले मनायो पहिलो वार्षिक उत्सव, नयाँ टाइल्स सार्वजनिक

    1.3K
    SHARES
    नेपोभिट टाइल्सले मनायो पहिलो वार्षिक उत्सव, नयाँ टाइल्स सार्वजनिक

    काठमाण्डौ । नेपोभिट टाइल्सको पहिलो वार्षिक उत्सव सम्पन्न भएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो।



    कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता रमण प्रसाद श्रेष्ठ, अभिनेता राजेश हमाल र विभिन्न संघ÷संस्थाका अधिकारीहरुको उपस्थिति थियो। कम्पनीकी निर्देशक विभा झाले नेपोभिट टाइल्सको एक वर्षको यात्रामा साथ दिने कर्मचारी, ग्राहकवर्ग, शुभचिन्तक तथा सम्पूर्ण साझेदारहरुलाई धन्यवाद दिइन्।

     

    द सोल्टी काठमाडौँमा आयोजित सो समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमको साथ मिडिया र ७०० भन्दा बढीको उपस्थितिमा नेपोभिट टाइल्सले नयाँ २ह्४ फिटका टाइल्सहरु पनि सार्वजनिक गरेको छ। वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपोभिट टाइल्सका प्रबन्धनिर्देशक मनोज रौनियारले नेपोभिट टाइल्सलाई साथ सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै नेपोभिट टाइल्सको एक वर्षको चुनौती तथा सम्भावनाबारे जानकारी गराएका थिए। उनले चाँडै नै नयाँ डिजाइनका फ्लोर तथा वाल टाइल्स बजार भित्र्याउने जानकारी गराए।

     

    समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजालले नेपालमै पहिलो र एकमात्र टाइल्स कम्पनी नेपोभिट टाइल्सले गरेको काम सराहनीय भएको बताए। नेपोभिटले स्थानीयलाई तथा समग्र देशलाई नै गरेको योगदानको उच्च प्रशंसा गर्दै सरकारको तर्फबाट हरेक चरणमा नेपोभिटलाई साथ तथा सहयोग मिल्ने कुराको प्रतिवद्धता व्यक्त गरे।

     

    त्यसैगरी नेपोभिट टाइल्सका अध्यक्ष शम्भु नाथ झाले नेपोभिट टाइल्सले एक वर्षमा हासिल गरेको उपलब्धिहरुबारे बोल्दै अब आगामी वर्षहरुमा निर्यातमा जोड दिने मुख्य उद्देश्य रहेको कुरा जानकारी गराए। नेपालमा सेरामिक क्षेत्रको प्रचुर सम्भावनाहरुलाई उपयोग गर्दै टाइल्स मात्र नभई विभिन्न सेरामिक वस्तुहरु उत्पादन गरी देशमा अझै रोजगारीको सिर्जना गर्न र विदेशी मुद्रा भित्राउन नेपोभिट टाईल्स प्रतिवद्ध रहेको जानकारी गराए।

     

    बाराको जितपुरमा अवस्थित रहेको नेपोभिट टाइल्स नेपालको पहिलो र एकमात्र टाइल्स कम्पनी हो। २०७९ सालमा स्थापित यस कम्पनीले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको टाइल्स उत्पादन गर्दै आएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १४ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट