logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नमस्ते पेको सीईओमा प्रवीणराज पोखरेल नियुक्त

    नमस्ते पेको सीईओमा प्रवीणराज पोखरेल नियुक्त

    1.1K
    SHARES
    नमस्ते पेको सीईओमा प्रवीणराज पोखरेल नियुक्त

    काठमाण्डौ । नमस्ते पेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणराज पोखरेलले आज वैशाख १७ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन्।



     

    गत वैशाख १५ गते नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको सञ्चालक समितिद्वारा औपचारिक रुपमा पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरिएको छ। ‘विस्तृत अनुसन्धान, कडा छनोट र भर्ती प्रक्रियापछि बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति भेट्टाउन पाउँदा खुसी छ’, नेपाल डिजिटल पेमेन्ट कम्पनीका पूर्वसीईओ कृष्णप्रसाद भण्डारीले भने।

     

    नवनियुक्त सीईओ पोखरेलले भने, ‘बैंक भएका र डिजिटल शिक्षा पाएका मानिसहरुलाई मात्र नभई बैंकविहीनहरुलाई पनि आधुनिक सेवाहरु उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने सेवामा रहेकाले व्यावसायिक कार्यसम्पादनमा सफलता प्रदान गर्न टोलीसँग काम गर्न म धेरै केन्द्रित हुनेछु।’

     

    पोखरेल धेरै अग्रणी बैंक, वित्तीय संस्था, भुक्तानी प्रणाली र फिनटेक कम्पनीहरुमा २७ वर्षभन्दा बढीको उत्कृष्ट ट्रयाक रेकर्ड भएका नेता हुन् र थप केन्द्रित, सफलता–उन्मुख र रुपान्तरणको एक भागका रुपमा महत्वपूर्ण पोर्टफोलियो र संगठन परिवर्तनहरु प्रदान गरेका छन्। यसअघि उनले एफवान सफ्ट इन्टरनेसनल र एमनेपाल लिटिमेडका सीईओका रुपमा काम गरिसकेका छन्।

     

    पोखरेलसँग बैंकिङ क्षेत्रमा लामो अनुभव रहेको छ र उनले ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाण्डू र हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्य व्यवस्थापन पदहरुमा काम गरेको अनुभव छ। उनले यूकेएड कोषको परियोजनामा मोबाइल फाइनान्सियल सर्भिस र भुक्तानी प्रणाली सल्लाहकारका रुपमा काम गरेका थिए भने नेपालमा डिजिटल भुक्तानीमा धेरै कोशेढुंगाहरु हासिल गरेका छन्।


    अर्थ चाैतारी
  • सोमबार, १८ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट