logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • महाविर पुनका मागप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ऐक्यवद्धता

    महाविर पुनका मागप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ऐक्यवद्धता

    637
    SHARES
    महाविर पुनका मागप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ऐक्यवद्धता

    काठमाण्डौ । नेपाल घरेलु तथा साना उद्योग महासंघले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.महावीर पुनले शुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ ।



     

    महासंघका अध्यक्ष उमेशप्रसाद सिंह नेतृत्वको टोलीले धर्ना स्थलमा पुगेर डा. पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको छ । धर्ना स्थलमा महासंघका वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, महासंघ केन्द्रिय महिला उद्यमी समिति अध्यक्ष रोशनी उपाध्याय, महासचिव डम्बरप्रसाद रेग्मी, सचिव दिपक बुढालगायतको ऐक्यबद्धताका लागि सहभागिता रहेको थियो ।

     

    आफ्ना मागहरू सहित धर्नामा बसिरहेका महाविर पुन र आविष्कार केन्द्रका टोलीसँगको भेटमा महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्नुपर्ने तथा अनुसन्धान र नवप्रवर्तनको लागि हरेक वर्ष विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने कुरा महासंघले पनि उठाउँदै आएको भन्दै यसको पूर्ण समर्थन रहेको बताए ।

     

    महासंघका अध्यक्ष सिंहले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउँदै पुन र आविष्कार केन्द्रले उठाएका विषय र मागहरू सान्दर्भिक भएको बताए । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.पुनले आफ्नो अभियानमा संस्थागत उपस्थिति र ऐक्यबद्धता जनाएकोमा महासंघको टोलीलाई धन्यवाद दिंदै लघु, घरेलु तथा साना उद्योगहरुमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सहकार्य गरिने बताए ।

     

    उहाँले अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन बनाउनुपर्ने, अनुसन्धान केन्द्रबाट उत्पादन भएका वस्तुको बजारीकरणका लागि नीति नियम बनाउनुपर्ने, कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउन ‘नवउद्यमी प्रवर्द्धन समिति’ बनाउनुपर्ने, नवउद्यमी बन्न चाहने नेपालीका लागि अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्ने आफ्नो माग दोहो¥याए


    अर्थ चाैतारी
  • मंगलबार, १९ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट