logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नेपालको स्वास्थ्य प्रणालीमा सुधारका लागि विश्व बैंकबाट १० करोड अमेरिकी डलर सहयोग

    नेपालको स्वास्थ्य प्रणालीमा सुधारका लागि विश्व बैंकबाट १० करोड अमेरिकी डलर सहयोग

    520
    SHARES
    नेपालको स्वास्थ्य प्रणालीमा सुधारका लागि विश्व बैंकबाट १० करोड अमेरिकी डलर सहयोग

    काठमाण्डौ । विश्व बैंकले गुणस्तरीय स्वास्थ्य प्रणालीका लागि नेपाललाई १० करोड अमेरिकी डलर सहयोग गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले आज नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग स्वीकृत गरेको हो ।



     

    स्वास्थ्य सेवाको गुणस्तर सुधार ल्याउन, स्वास्थ्य बीमाको कभरेज बढाउन र कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य आपतकालको तयारी र प्रतिकार्य गर्न स्वास्थ्य सेवा प्रणालीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सो रकम सहयोग गरिएको विश्व बैंकले जनाएको छ । विश्व बैंकबाट प्राप्त हुने सो रकमले नेपालको स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०२२ को रणनीतिक उद्देश्यहरू हासिल गर्न सघाउने, स्थानीय सरकारको समन्वयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

     

    माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोस भन्छन्, ‘स्वास्थ्यमा प्राथमिकता र लगानी गरेर नेपालले सुधारिएको स्वास्थ्य परिणाम, उत्पादकत्व वृद्धि र आर्थिक वृद्धि लगायतका धेरै फाइदा लिन सक्छ । विश्व बैंकले स्वास्थ्य प्रणाली नीति र योजना, सेवा प्रवाहको मुख्य आधारमा गुणस्तर राख्ने नेपालको लक्ष्यलाई समर्थन गर्ने उनको भनाइ छ ।

     

    यस कार्यक्रमले संघीयताको कार्यान्वयनलाई समर्थन गर्नुका साथै लचिलो जनस्वास्थ्य क्षेत्र निर्माण गर्न स्वास्थ्य क्षेत्रमा नेपालको पहिलो परिणाममुखी कार्यक्रम निर्माण गर्ने स्वास्थ्य, पोषणका अभ्यास प्रवन्धक डा फेङ झाओले बताए ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट