logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • प्राधिकरणले स्मार्ट टेलिकमलाई भन्यो– सबै पूर्वाधार हस्तान्तरण गर

    प्राधिकरणले स्मार्ट टेलिकमलाई भन्यो– सबै पूर्वाधार हस्तान्तरण गर

    754
    SHARES
    प्राधिकरणले स्मार्ट टेलिकमलाई भन्यो– सबै पूर्वाधार हस्तान्तरण गर

    काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सबै पूर्वाधार हस्तान्तरण गर्न सूचना जारी गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट टेलिकम प्रा.लिले नविकरणको नगरेकाले सम्पत्ति बुझाउन सार्वजनिक सूचनाजारी गरेको हो।



     

    ‘स्मार्ट टेलिकम प्रा.लिले अनुमतिपत्र नविकरणका लागि नियमानुसार दस्तुर दाखिला गरि निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा रहेको छ।

     

    प्राधिकरणले अनुमतिपत्र बहाल नरहेका दूरसंचार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसंचार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार संजाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नु हुन समेत सूचित गरेको छ।

     


    अर्थ चाैतारी
  • बुधबार, २० बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट