logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • जगदम्बा स्टिल्स लिमिटेडको फेब्रिकेटर्स रिवार्ड योजना घोषणा

    जगदम्बा स्टिल्स लिमिटेडको फेब्रिकेटर्स रिवार्ड योजना घोषणा

    832
    SHARES
    जगदम्बा स्टिल्स लिमिटेडको फेब्रिकेटर्स रिवार्ड योजना घोषणा

    काठमाण्डौ । जगदम्बा स्टिल्स लिमिटेडसँगको साझेदारीमा ग्रिल तथा स्टिल फेब्रिकेटर्स महासंघ नेपालले आफ्नो २८औँ वार्षिक साधारण सभा र ९औँ राष्ट्रिय सम्मेलन तथा २९औं स्थापना दिवस सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन उपराष्ट्रपति राम सहाय प्रसाद यादवले गरेका थिए।



     

    कार्यक्रममा महासंघका अध्यक्ष मोहन कटुवाल र जगदम्बा स्टिल्स लिमिटेडका महाप्रबन्धक मनोज तिवारीले नेपालमा स्टिल फ्याब्रिकसन उद्योगको महत्व र यसको विकास र प्रवर्द्धनमा महासंघको भूमिकाबारे प्रकाश पारेका थिए। कार्यक्रमले उद्योग विशेषज्ञ, व्यवसायी नेता र सरकारी अधिकारीहरुलाई एकसाथ आउन, विचारहरू आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्नका साथै उद्योगले सामना गरिरहेका चुनौतीहरूको बारेमा छलफल गर्न उत्कृष्ट माहोल प्रदान गरेको थियो।

     

    उपराष्ट्रपति यादवले नेपालमा स्टिल फ्याब्रिकेसन उद्योगको विकास र विकासमा महासंघ र यसका सदस्यहरूले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। जगदम्बा स्टिल्स लिमिटेडका महाप्रबन्धक मनोज तिवारीले यस कार्यक्रममा साझेदार बन्ने अवसर प्रदान गरेकोमा महासंघप्रति कृतज्ञता व्यक्त गर्दै उद्योगका सरोकारवालाहरूलाई एकसाथ ल्याउन र सहकार्य र सिकाइलाई बढावा दिन यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए।

     

    महासंघको सो कार्यक्रमको अवसर पारेर जगदम्बा स्टिल्स लिमिटेडले ग्याल्भाल्युम रं‌गीन जस्तापाता, जगदम्बा सुपर शाइन र जगदम्बा गाल्भा प्लसका लागि आफ्नो नयाँ अभियान ‘फेब्रिकेटर्स रिवार्ड योजना’ सार्वजनिक गरेको छ। यस अभियान मार्फत जगदम्बा स्टिल्सले आफ्नो ग्याल्भालुम रंगीन जस्तापातालाई आफ्नो परियोजनाहरूमा प्रयोग गर्ने महासंघका सदस्य फयाव्रीकेटरहरूलाई रिवार्ड प्रदान गर्दै दुर्घटना बीमाका माध्यबाट उनीहरुको विकासमा सहयोग र सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

    कम्पनीका अनुसार फयाब्रिकेटर्स रिवार्ड योजना फ्याब्रिकेटर्सहरुलाई प्रोत्साहन गर्न र लाभ प्रदान गर्न तयार गरिएको योजना हो। यस योजना अन्तर्गत जगदम्बा सुपरशाइन वा जगदम्बा गाल्भा प्लस् प्रतिवर्ष ५ देखि १० टन किन्ने फ्याब्रिकेटर्सले प्रतिकिलोग्राम १ रुपैयाँ र प्रति वर्ष १० टन भन्दा बढी किन्नेले प्रतिकिलोग्राम १.५० रुपैयाँ प्राप्त गर्नेछन्। जसमा ५ लाख बराबरको एक वर्षको दुर्घटना बीमा पनि समावेश गरिनेछ।

     


    अर्थ चाैतारी
  • शुक्रबार, २२ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट