logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • रकम फिर्ता पाउन बाँकी बचतकर्तालाई सम्पर्कमा आउन देउराली सहकारीको आग्रह

    रकम फिर्ता पाउन बाँकी बचतकर्तालाई सम्पर्कमा आउन देउराली सहकारीको आग्रह

    637
    SHARES
    रकम फिर्ता पाउन बाँकी बचतकर्तालाई सम्पर्कमा आउन देउराली सहकारीको आग्रह

    काठमाण्डौ । २०७९ साल असारबाट समस्यामा परेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले रकम फिर्ता पाउन बाँकी बचतकर्ताहरुलाई सम्पर्क आउन आग्रह गरेको छ।



    संस्थाले ललितपुर सातदोबाटोमा रहको केन्द्रीय कार्यालय, भक्तपुर सुर्यविनायक र न्युरोड काठमाण्डौमा रहेको सेवा काउन्टरका बचतकर्ता, सञचालक समिति र कर्मचारीलाई लक्षित गरी प्रेश विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। विज्ञप्तिमा सदस्य र कर्मचारीलाई सम्र्पकमा आई सदस्य सेवा काउन्टर न्युरोडबाट सदस्यहरुको फिर्ता दिन बाँकी बचत बापत विभिन्न स्थानका जग्गा, अपांग अशक्त र हस्पिटल भर्ना भएकाहरुलाई केही रकम दिइरहेकोले सम्पर्कमा आउन आग्रह गरिएको छ।

    संस्था समस्यामा परेपछि बचतकर्ताहरुकै समूह बनाई उक्त समूहका बचतकर्ता कृष्ण प्रसाद कंडेल, नकुल आचार्य, जिवन श्रेष्ठहरुको संयुक्त नाममा गृहम डेभलपमेन्ट कम्पनी दर्ता गरी नवलपरासीको २९ कठा ४४ वटा घडेरी र ललितपुरमा महेश तिमल्सीना, यशोदा सिलवाल, रञ्जु सिलवाल, गोपाल मर्हजन, मंजिल शाक्य, रविन्द्र श्रेष्ठ, नविन्द्र श्रेष्ठ, भिम बहादुर मर्हजन, सुनिल शाक्य, श्रेया शाक्य, सविना श्रेष्ठ, नविन मर्हजन, कमला शाक्य, नारायण श्रेष्ठ, रसिक श्रेष्ठ, श्रेया श्रेष्ठ, शरिक श्रेष्ठ, स्वीकृति शेरचन, सन्तोष श्रेष्ठ, भुपेन्द्र कुमार शाह, आयन बक्स, नारायण दत्त जोशी, विनिता तिमल्सीना, निर्यान श्रेष्ठ, सक्षम प्रधान, हरि बहादुर श्रेष्ठ, लिला शाक्यलगायत सदस्यहरुले केही रकम आफू थपी करिब ३० करोडको जग्गा सेटलमेन्ट गरी संस्थालाई सहयोग गरिसकेको सहकारीले जनाएको छ। अरु जग्गा लिन इच्छुक सदस्यले सदस्य सेवा काउन्टर न्युरोडमा गई छलफल गरि जग्गा लिन सकिने विज्ञप्तिमा उल्लेख छ।

    त्यसैगरी साना बचतकर्तालाई संस्थाले रकम व्यवस्थापन गरिरहेको र छिट्टै उनीहरुलाई रकम बाँड्ने तादाम्यता मिलाइएको सहकारीले जनाएको छ। संस्थालाई पहिलेकै स्थानमा ल्याउने यस हदको प्रयासको बाबजुद सञ्चालक समितिहरु सम्र्पकमा रही बचतकर्ताहरुको हितमा कार्य गरिरहँदा बजारमा विभिन्न सहकारी भागेका र जेल चलान भएकाहरुको अफवाह सुनी संस्थाविरुद्ध लाग्ने केही व्यक्तिको कुरा सुनी धर्ना, आन्दोलन तथा सञ्चालक समितिविरुद्ध विभिन्न सहकारी निकायमा उजुरी–बाजुरी गरिरहेको हुँदा त्यस्ता कार्य बन्द गर्न पनि संस्था आग्रह गरेको छ। देउरालीले रकम फिर्ता गर्न धेरै बाँकी नरहेकोे र बाँकी रहेकाहरु सम्पर्कमा आई छलफलबाट आफ्ना रकम सुरक्षण गर्नसमेत आग्रह समेत गरेको छ।


    अर्थ चाैतारी
  • सोमबार, ११ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट