logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • एसईईको पूरक परीक्षा साउन २६ र २७ गते

    एसईईको पूरक परीक्षा साउन २६ र २७ गते

    1.4K
    SHARES
    एसईईको पूरक परीक्षा साउन २६ र २७ गते

    काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक अर्थात ग्रेडवृद्धि परीक्षा आगामी साउनमा हुने भएको छ । बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।



    शनिबार सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको मिति तय गरेको हो।

    अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि परीक्षा दिने पाउने बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ।

    ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्नेछ। परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्।

    गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसईईको नतिजा गत बिहीबार सार्वजनिक भएको थियो।

     


    अर्थ चाैतारी
  • शनिबार, २३ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट