logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • चालु आर्थिक वर्षमा रेमिट्यान्स २२ दशमलब ७ प्रतिशतले बढ्यो

    चालु आर्थिक वर्षमा रेमिट्यान्स २२ दशमलब ७ प्रतिशतले बढ्यो

    1.4K
    SHARES
    चालु आर्थिक वर्षमा रेमिट्यान्स २२ दशमलब ७ प्रतिशतले बढ्यो

    काठमाण्डौ । चालु आर्थिक वर्षमा रेमिट्यान्स २२ दशमलब ७ प्रतिशतले बढेको छ ।



    राष्ट्र बैङ्कले सार्वजनिक गरेको ११ महिनाको वित्तीय अवस्था प्रतिवेदन अनुसार गएको साउन १ देखि जेठमसान्तसम्म ११ खर्ब १२ अर्ब ५२ करोड रूपैयाँको रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ दशमलब ७ प्रतिशतले बढी हो ।

    अघिल्लो आर्थिक वर्षको एघार महिनासम्ममा भने रेमिट्यान्स आप्रवाह ४ दशमलब १ प्रतिशतले मात्रै बढेको थियो । अमेरिकी डलरमा पनि रेमिट्यान्स १३ प्रतिशतले बढेर ८ अर्ब ५१ करोड अमेरिकी डलर पुगेको छ ।

    अघिल्लो वर्ष यस्तो आप्रवाह १ दशमलब ८ प्रतिशतले बढेको थियो । एघार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४६ दशमलब ६ प्रतिशतले बढेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट