logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • हिमालय एअरलाइन्सद्वारा एनडीए–नेपाल अर्थोपेडिक अस्पतालसँग सहकार्य

    हिमालय एअरलाइन्सद्वारा एनडीए–नेपाल अर्थोपेडिक अस्पतालसँग सहकार्य

    806
    SHARES
    हिमालय एअरलाइन्सद्वारा एनडीए–नेपाल अर्थोपेडिक अस्पतालसँग सहकार्य

    काठमाण्डौ । हिमालय एअरलाइन्सले सामाजिक उत्तरदायित्व अन्तरगत एनडीए–नेपाल अर्थोपेडिक अस्पताललाई सहयोग गरेको छ ।



    एअरलाइन्स्का अध्यक्ष झोउ एन्योङ्गले अस्पतालका सामदेन लामा र मेडिकल डाइरेक्टर डा.कैलाश कुमार भण्डारीलाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेका हुन्। अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ, जहाँ समस्यामा परेका बिरामीहरूले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउनेछन्।

    अस्पताल परिसरमा आयोजित हस्तान्तरण समारोहपछि एअरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले सगरमाथा जनरल वार्डको भ्रमण गरी त्यहाँको अवस्था अवलोकन गरे । एन्योङ्गले भने, ‘हिमालय एअरलाइन्सको लक्ष्य नेपालको उड्डयन क्षेत्रमा प्रगतिशील बृद्धि गर्ने मात्रै नभई सामाजिक उत्तरदायित्व प्रतिको आफ्नो जिम्मेवारीलाई पूरा गर्न सक्दो प्रयास गर्ने योजना पनि राखेको छ। म आशा गर्दछु कि हाम्रो सानो योगदानले नेपाल अर्थोपेडिक अस्पतालको गुणस्तरीय हेरचाहका साथ खाँचोमा परेका मानिसहरूको सेवा गर्ने प्रयासलाई बलियो बनाउन मद्दत गर्नेछ।’

    यसैगरी डा कैलाश कुमार भण्डारीले हिमालय एअरलाइन्सको सहयोगप्रति आभार प्रकट गरे ।


    अर्थ चाैतारी
  • सोमबार, १ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट