logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

    नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

    741
    SHARES
    नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

    काठमाण्डौ । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालि र राष्ट्रिय सहकारी बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।



    यस सम्झौतासँगै राष्ट्रिय सहकारी बैंकमा आबद्ध हजारौँ सहकारीका सदस्यहरुले विभिन्न सहकारीमार्फत नेपाल रेमिटमार्फत पठाएको रेमिट्यान्स सहजै भुक्तानी पाउन सकिन्छ। रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले हस्ताक्षर गरेका छन्।

    रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘रेमिट्यान्स बजारमा राष्ट्रिय सहकारी बैंकसँग हाम्रो आबद्धता हुनु हाम्रा लागि अझ बढि गौरवको विषय हो। यसबाट विभिन्न सहकारीमा आबद्ध सदस्यहरुले आफू आबद्ध सहकारीमार्फत नै रेमिट्यान्स भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ।’

    यस्तै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले भने, ‘नेपाल रेमिटजस्तो लामो इतिहाँस भएको रेमिट्यान्स कम्पनीसँग हाम्रो आबद्धता हुनु भनेको हाम्रा लागि पनि खुशीको कुरा हो। अबदेखि राष्ट्रिय सहकारी बैंकका कुनै पनि शाखाबाट नेपाल रेमिट मार्फत पठाएको रकम प्राप्त गर्न सक्नुहुनेछ।’

    नेपालको पुरानो र विश्वसनिय रेमिटले विगत १७ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ। डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स भित्र्याउँदै आएको छ। रेमिट्यान्स सेवा सहकारीहरुमा समेत विस्तार हुँदा नेपालमा रेमिट्यान्समार्फत देशको अर्थतन्त्र सुदृढीकरणमा थप टेवा पुग्ने नेपाल रेमिटका नायब महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिए।


    अर्थ चाैतारी
  • मंगलबार, २ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट