काठमाण्डौ । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोटका सदस्यले नारायणी सामूदायिक अस्पताल चितवनमा स्वास्थ्य उपचारमा छुट पाउने भएका छन् । अस्पताल र विकू साकोसबिच, सदस्यले स्वास्थ्य उपचारमा छुट पाउने सम्झौता भएको हो ।
विकू बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष ओम प्रसाद सापकोटा र नारायणी सामुदायिक अस्पतालका अध्यक्ष भक्तमान श्रेष्ठ विच भएको सम्झौता पत्र बमोजिम विकू बचत तथा ऋण सहकारी संस्था लि. का सदस्यहरुले स्वास्थ्य सेवा छुट प्राप्त गर्नेछन् ।
अव विकू सहकारीका सेयर सदस्यले नारायणी सामुदायिक अस्पतालको स्वास्थ्य उपचारमा १७ प्रतिशत छुट पाउने विकू सहकारीले जनाएको छ । विकू बचत तथा ऋण सहकारीको सदस्य भएको परिचय खुल्ने पासबुक, एटिएम, चेक बुक, विकू स्मार्ट बैकिङ एप्लीकेशनका आधारमा सो छुट सेवा पाउन सक्ने जनाइएको छ ।
त्यसै गरी सामान्य शैया, ल्याव परीक्षण, एक्सरे एवं भिडियो एक्सरे, ईसिजिमा र अन्य विशेष सेवाहरु जस्तै क्याबिन, आईसियु तथा आईसियु भेन्टिलेटर, अपरेशन, ईको, ईन्डोस्कोपीमा १७% प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै आवश्यकताको आधार र समय समयमा सदस्य, सदस्यका परिवार र समुदायका न्यून आय तथा असाहय व्यक्तिको स्वास्थ्य चेक चाँज तथा परार्मश सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।
नारायणी सामुदायिक अस्पताल भरतपुर वडा नं १०, चौविसकोटी अस्पताल रोडमा रहेको छ । विकू बचत तथा ऋण सहकारी संस्था लि.का सदस्यहरुलाई लक्षित गरी उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो । नारायणी सामुदायिक अस्पतालका निर्देशक विष्णु कुंवर र विकू बचत तथा ऋण सहकारी संस्था लि का प्रमुख अधिकृत माधवप्रसाद पौडेलको उपस्थितिमा हस्ताक्षर भएको थियो ।
अर्थ चाैतारी ।