logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सदस्यको हित गर्न नसक्ने भन्दै काठमाण्डौका २ सहकारीको दर्ता खारेज

    सदस्यको हित गर्न नसक्ने भन्दै काठमाण्डौका २ सहकारीको दर्ता खारेज

    1.1K
    SHARES
    सदस्यको हित गर्न नसक्ने भन्दै काठमाण्डौका २ सहकारीको दर्ता खारेज

    काठमाण्डाै । काठमाण्डौका २ वटा सहकारी संस्थाको दर्ता खारेज भएकाे छ। काठमाण्डौ महानगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा सहकारी संस्था लिमिटेडको दर्ता खारेजी गरेको हाे ।



    महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार यी २ संस्थाहरुको दर्ता खारेजी गरिएको बताएको छ । ‘कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएका र सदस्यको हित गर्न नसक्ने भएमा साधारण सभाको तत्काल कायम रहेको २ तिहाई बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ,’ सहकारी ऐनमा उल्लेख छ ।

    ज्येष्ठ नागरिक र सुकस बचत तथा सहकारी संस्थाले दर्ता खारेजी स्वीकृतिका लागि निवेदन दिएका थिए । सोहीअनुसार दर्ता खारेजी गरिएको महानगरले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।


    अर्थ चाैतारी
  • सोमबार, ४ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट