इन्फोडेभलपर्स प्रा. लि. र जिल्ला सहकारी सङ्घ, काभ्रे बीच रणनीतिक साझेदारीको घोषणा भएको छ । सोमबार सानेपास्थित इन्फोडेभलपर्सको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट कार्यकारी निर्देशक प्रवीण सुवेदी, राष्ट्रिय सहकारी महासङ्घका तर्फबाट महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ्ग सुब्बा र काभ्रे जिल्ला सहकारी सङ्घका तर्फबाट कोषाध्यक्ष राजन शाक्यले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पुर्याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा सङ्घका कोषाध्यक्ष राजन शाक्यले खुशी व्यक्त गरे ।
यसैगरी राष्ट्रिय सहकारी महासङ्घका महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ्ग सुब्बाले यो साझेदारले राष्ट्रिय सहकारी महासङ्घका सहकारीलाई डिजिटाईजेसन एवं कोप भिजन २०३० लाई समेत सेवा पुर्याउने बताइन् ।
कम्पनीका कार्यकारी निर्देशक प्रवीण सुवेदीले सहकारी क्षेत्रको स्वामित्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोषेढुङ्गा साबित हुने आशा व्यक्त गरे ।
अर्थ चाैतारी ।