logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • सिभिल सहकारीले बोलायो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा

    सिभिल सहकारीले बोलायो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा

    871
    SHARES
    सिभिल सहकारीले बोलायो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा

    काठमाण्डौ । सिभिल सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाले विशेष साधारण सभा बोलाएको छ । सहकारी संस्थाले भदौ ३० गते सोल्टीमोड कालिमाटीमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विशेष साधारण सभा आह्वान गरेको हो ।



     

    उच्च अदालत पाटनले वि.सं. २०७९ कात्तिक २५ गते साधारण सभा आह्वान गर्न आदेश दिएको थियो । सोही बमोजिम भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालय र संस्थाका पिडित बचतकर्ता सदस्यहरूबीच पटक–पटक छलफल भई सभा बोलाउने सहमति भएको थियो । गत बैशाख २१ गते पठाएको पत्र अनुसार विशेष सभा बोलाएको संस्थाले जनाएको छ ।

     

    सहकारीको सभाले समस्या समाधान गर्ने प्रयोजनका लागि विशेष अधिकार प्राप्त समितिको चयन गर्नेछ । त्यस्तै, विशेष अधिकार प्राप्त समितिलाई संस्थाको एकिन गरी बचत तथा लगानी गरेको ऋण लगायत सम्बन्धित दायित्व एकिन गरी सहकारीका ऋणीहरूबाट लेना रकम असूल उपर गरी समस्या समाधान गर्न आवश्यक अख्तियारी प्रदान गर्नेछ ।

     

    यस्तै, पिडित बचतकर्ता सदस्यहरूको बचत रकम फिर्ता गर्न आवश्यक कार्यविधि बनाउने भएको छ । पिडित बचतकर्ता सदस्यहरूबाट प्राप्त सुझावहरू उपर छलफल गरी निर्णय गर्नेछ । साथै, विशेष साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि चयन गर्ने सहकारी संस्थाले जनाएको छ । सिभिल सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा इच्छाराज तामाङ हिरासतमा छन् ।


    अर्थ चाैतारी
  • बुधबार, १३ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट