logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • इमर्जिङ्ग नेपालको सीईओमा विशाल उप्रेती नियुक्त, कम्पनीले थप उचाई लिने विश्वास

    इमर्जिङ्ग नेपालको सीईओमा विशाल उप्रेती नियुक्त, कम्पनीले थप उचाई लिने विश्वास

    494
    SHARES
    इमर्जिङ्ग नेपालको सीईओमा विशाल उप्रेती नियुक्त, कम्पनीले थप उचाई लिने विश्वास

    काठमाण्डौ । इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विशाल उप्रेती नियुक्त भएका छन् । असोज १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उप्रेतीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले उनलाई चार वर्षको लागि सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ उप्रेतीले असोज १८ गतेदेखि नै आफ्नो कार्यभार सम्हाल्ने छन् ।



    उप्रेती यसअघि एनआईसी एशिया बैंकको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको रुपमा कार्यरत थिए । उप्रेतीले भारतको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्टस् अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

    पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित यस कम्पनीले नवनियुक्त सीईओ उप्रेतीको नेतृत्वमा थप उचाई लिने विश्वास कम्पनीले लिएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १८ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट