logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • मनिप्लान्ट सहकारीले गर्‍यो सबैभन्दा बढी आयकर दाखिला

    मनिप्लान्ट सहकारीले गर्‍यो सबैभन्दा बढी आयकर दाखिला

    572
    SHARES
    मनिप्लान्ट सहकारीले गर्‍यो सबैभन्दा बढी आयकर दाखिला

    काठमाण्डौ । आन्तरिक राजस्व कार्यालयले मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ०७८–७९ मा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मान गरेको छ। राष्ट्रिय कर दिवस २०८० को अवसरमा अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय कोटेश्वरले बिहिबार सम्मान पत्र नै दिएर संस्थालाई कदर गरेको हो।



     

    विभागका महानिर्देशक दीर्घराज मैनाली र प्रमुख कर अधिकृत गणेशप्रसाद अर्यालले हस्ताक्षर गर्नुभएको सम्मानपत्रमा संस्थालाई सम्बोधन गर्दै लेखिएको छ– ‘आर्थिक वर्ष २०७८–७९ मा यस कार्यालयको कार्यक्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्नुभएकोले राष्ट्रिय कर दिवस २०८० को अवसरमा कदर स्वरुप यो सम्मान पत्र प्रदान गरिएको छ।’

    ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारीुको मान्यता आधारित भएर क्रियाशील ‘मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को(अपरेटिभ लिमिटेड’ ले भर्खरै १४ वर्ष पार गरेको छ। संस्थाका अध्यक्ष ईन्द्रमणि पोखरेल रहेका छन् भने कार्यकारी प्रमुख ओमबहादुर बस्नेत रहेका छन् । यसअघि सुदर्शन पराजुली अध्यक्ष रहेका थिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट