काठमाण्डौ । परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं अधिबेशनले शक्तिप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
यस्तै उपाध्यक्षमा होमनाथ पौडेल, सचीवमा शम्भुप्रसाद कंडेल, कोषाध्यक्षमा बिष्णुप्रसाद सापकोटा चयन हुनुभएको निर्वाचन समिति संयोजक डिल्लीप्रसाद अम्बैले जानकारी दिए । यस्तै सदस्यहरुमा दुर्गाप्रसाद सापकोटा, कृष्णमान श्रेष्ठ, प्रकाश सापकोटा, जीवन चौधरी, नगेन्द्रप्रसाद रिजाल,मिना दाहाल र अस्मिता गौतम सर्वसम्मत चयन भएका हुन् । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा शिव सुबेदी यस्तै सदस्यहरुमा जीवन सापकोटा र रिता शर्मा चयन भएका हुन् ।
संस्थाको मंसिर ३० गते साधारण सभा सम्पन्न भएको थियो । आजभन्दा १७ बर्ष अगाडी स्थानीय स्तरमा निम्न र मध्यम बर्गका व्यक्तिको जिवनस्तर उकास्न स्थापित यस साकोसका करिब ५ हजार सेयर सदस्य रहेका छन ।
अर्थ चाैतारी ।