logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • विद्यालयबाहेकको अन्य पोसाक किन्न बाध्य पारे कारबाही गर्छौ ः काठमाण्डौ महानगर

    विद्यालयबाहेकको अन्य पोसाक किन्न बाध्य पारे कारबाही गर्छौ ः काठमाण्डौ महानगर

    1.7K
    SHARES
    विद्यालयबाहेकको अन्य पोसाक किन्न बाध्य पारे कारबाही गर्छौ ः काठमाण्डौ महानगर

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न महानगर मातहतमा रहेका विद्यालयलाई अनुरोध गरेको छ ।



    केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न महानगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले जानकारी दिनुभयो ।

    कोहीकसैले परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाण्डौ महानगरपालिका शिक्षा ऐन, २०७५ ९संशोधनसहित० र अन्य प्रचलित कानुनबमोजिम दण्डसजाय गरिने उहाँले बताउनु भयो ।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट