logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेप्से आज १.९३ अङ्कले घट्यो, ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार

    नेप्से आज १.९३ अङ्कले घट्यो, ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार

    1.8K
    SHARES
    नेप्से आज १.९३ अङ्कले घट्यो, ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार

    काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज १.९३ अङ्कले घटेर दुई हजार ६८ दशमलव ९० विन्दुमा झरेको छ ।



    आज होटल, लगानी, उत्पादन, म्यचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूहको शेयर सामान्य बढेको छ, अरू समूहको शेयर सामान्य ओरालो लागेको छ । आज सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्त र धौलागिरि लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज भिजन लुम्बिनी ऊर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, मनकामना इन्जिनियरिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

     

    बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । एक करोड ६८ लाख कित्ता शेयर ४ अर्ब २९ करोड नौ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको १४ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भयो ।


    अर्थ चाैतारी
  • विहिबार, १२ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट