logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सूर्य दर्शन सहकारी ठगीमा महेन्द्र र भविश्वर जेल चलान, जीबीसहित १५ जना अझै फरार

    सूर्य दर्शन सहकारी ठगीमा महेन्द्र र भविश्वर जेल चलान, जीबीसहित १५ जना अझै फरार

    949
    SHARES
    सूर्य दर्शन सहकारी ठगीमा महेन्द्र र भविश्वर जेल चलान, जीबीसहित १५ जना अझै फरार

    काठमाण्डौ । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सञ्चालक भविश्वर अर्याललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। कास्की जिल्ला अदालतले बुधबारको सुनुवाइपछि उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।



     

    गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार अदालतमा उपस्थित भएका थिए। मंगलबार सुनुवाइ भएर बुधबारको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको एकल इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

     

    गुरूङ प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट युवा संघ नेपालका केन्द्रीय उपमहासचिव रहेको खुलेको छ। यसअघि यस सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए। उनीहरू पनि अहिले पुर्पक्षका लागि थुनामा छन्।

     

    पोखरामा गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेको समूहले खोलेको सूर्यदर्शन सहकारीमार्फत् बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। यस प्रकरणमा पक्राउ पुर्जी जारी भएका जीबी राईसहित १५ जना अझै फरार छन्। ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्षसमेत रहेका जीबी राईले पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड रुपैयाँ गैरकानुनी रूपमा झिकेको छानबिन प्रतिवेदनले देखाएको छ।

     

    सहकारीको रकम अपचलनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पनि नाम मुछिएको छ। लामिछानेले भने सहकारीको रकम आफूले नलिएको जिकिर गरिरहेका छन्। जिल्ला अदालत, कास्कीमा दर्ता सहकारी ठगी मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको छ।


    अर्थ चाैतारी
  • बुधबार, १८ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट