logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • सहकारीको बचत दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउछौँः अर्थमन्त्री डा. महत

    सहकारीको बचत दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउछौँः अर्थमन्त्री डा. महत

    585
    SHARES
    सहकारीको बचत दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउछौँः अर्थमन्त्री डा. महत

    काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताएका छन् ।



    रामपुरमा शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था को रजत महोत्सवमा बोल्दै मन्त्री डा. महतले बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरु एकक्षणका लागि कानुनको दायराबाट भाग्ला, तर सधैं भाग्न नसक्ने बताएका छन् । उनले सर्वसाधारणले मेहनत गरेर जम्मा गरेको बचत केही व्यक्तिलाई दुरुपयोग गर्न छुट नभएको बताउछन् ।

    स्थानीय तहका स–साना बचत परिचालन गर्ने, स–साना आवश्यकता पूर्ति गर्ने, जीविकोपार्जनसँग यसलाई जोड्ने र स्थानीय तहकै जो सदस्य छ, उनीहरुले नै नेतृत्व लिने सहकारीको मूल अवधारणा रहेको मन्त्री डा महतले बताए । यसैकारण यसलाई सहकारी मन्त्रालयअन्तर्गत राखिएको हो ।

    सहकारीलाई राष्ट्र बैंक वा अन्य कुनै नियमक निकाय खडा गरिएन । उनले भने, ‘हेर्दाहेर्दै यसले विशाल रुप लिएछ । कतिपय ठाउँमा ब्राण्डको रुप लियो, देशैभरि फैलियो । त्यसका व्यवस्थापक को छन् सदस्यहरुलाई नै थाहा हुँदैन । यसको नियमक निकाय नभएर यस्तो भएको हो, जसका कारण केही सहकारीमा समस्या देखियो ।’


    अर्थ चाैतारी
  • शनिबार, २१ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट