logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ईपीएस भाषा परीक्षाः उत्पादनमूलक क्षेत्रमा मात्रै १ लाख ६४ हजारको आवेदन पर्यो

    ईपीएस भाषा परीक्षाः उत्पादनमूलक क्षेत्रमा मात्रै १ लाख ६४ हजारको आवेदन पर्यो

    923
    SHARES
    ईपीएस भाषा परीक्षाः उत्पादनमूलक क्षेत्रमा मात्रै १ लाख ६४ हजारको आवेदन पर्यो

    काठमाण्डौ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा १ लाख ६४ हजार भन्दा बढीले आवेदन दिएका छन् ।



    ईपीएस कोरिया शाखाका अनुसार हालसम्म १ लाख ६४ हजार ३ सय २२ जनाको आवेदन परेको छ । जसमध्ये २० हजार ५२२ जना सिपबिल्डिङ तर्फको परीक्षामा सहभागी भएका परीक्षार्थीहरू छन् ।

    शाखाका अनुसार उत्पादनमूलक क्षेत्रमा मात्रै आवेदन दिनेको सङ्ख्या १ लाख ४३ हजार ८ सय जना छन् । शाखाले उत्पादनमूलक क्षेत्रमा १५ हजार ८ सय जनाको माग गरिएको छ । गत असारमा सिपबिल्डिङका लागि आवेदन दिएर बसेका परीक्षार्थीले समेत उत्पादनमूलक क्षेत्रमा पनि भाषा परीक्षा दिन पाउने गरी पुस १६ गते शाखाले आवदेन खुला गरेको थियो ।

    त्यसअघि साउनमा भएको सिपबिल्डिङका लागि ईपीएस परीक्षमा ३५ हजार सहभागी भएकामध्ये ४ हजारमात्र उत्तीर्ण भएका थिए । त्यसपछि उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरेको थियो ।


    अर्थ चाैतारी
  • शनिबार, २१ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट