logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • बरहथवा घटनाः प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति

    बरहथवा घटनाः प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति

    650
    SHARES
    बरहथवा घटनाः प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति

    काठमाण्डौ । सर्लाहीको बरहथवा घटनामा स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मलंगवामा भएको सहमतिअनुसार अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गरिनेछ ।



     

    अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाइनेछ भने प्रदर्शनको क्रममा गोली लागेर ज्यान गुमाएका जयशंकर साहको नाममा अस्पतालको नामाकरण गरिने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

     

    प्रदर्शनरत पक्ष र स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न आन्दोलनरत समूह सहमत भएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २३ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट