logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • पति पत्नी दुबैलाई अबदेखि कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा

    पति पत्नी दुबैलाई अबदेखि कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा

    546
    SHARES
    पति पत्नी दुबैलाई अबदेखि कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा

    काठमाण्डौ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत पति र पत्नीलाई समेत समावेश गरेको छ ।



    अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा एक लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा पति र पत्नीलाई नै उपलब्ध गराउने जनाएको छ ।

    २०७६ सालदेखि सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आइएको उक्त योजनामा २०८० फाल्गुण १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति र पत्नीलाई समेत समावेश गरेको जनाएको हो ।

    उक्त सुविधा लिनका लागि कोषले सूचिकृत गरेका अस्पतालमा मात्र सञ्चयकर्ताको पति र पत्नीको उपचार गराई दाबी गर्नु पर्ने जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट