काठमाण्डौ । आइतबार शेयर बजार परिसूचक नेप्से साढे ३१ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ विन्दुमा पुगेको हो ।
आज होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आइतबार खुलेको बजारमा २११ कम्पनीको सेयर मूल्य बढ्दा जम्मा ३३ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ । समग्रमा बजार हरियाली भएको दिन आज मेगा म्युचल फन्ड–१ को शेयर साढे नौ प्रतिशतले घटेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज एक करोड ६६ लाख पाँच हजार कित्ता शेयर पाँच अर्ब ४५ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीका १२ लाख ७४ हजार कित्ता प्रमोटर शेयर ३५ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् ।
अर्थ चाैतारी ।