logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेप्से आज ७.२४ अङ्कले घट्यो, ८ अर्ब १७ करोड रुपैयाँको कारोबार

    नेप्से आज ७.२४ अङ्कले घट्यो, ८ अर्ब १७ करोड रुपैयाँको कारोबार

    2.5K
    SHARES
    नेप्से आज ७.२४ अङ्कले घट्यो, ८ अर्ब १७ करोड रुपैयाँको कारोबार

    काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव २४ अङ्कले घटेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव २४ अङ्कले घटेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा झरेको हो ।



    आज फाइनान्स, हाइड्रोपावर र अन्यबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज तेह्रथुम पावर कम्पनीको शेयर सबैभन्दा धेरै ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त र गणपति लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

    यस क्रममा आज ११२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर कायम छ । परिसूचक घटे पनि उच्च कारोबारको क्रमले भने निरन्तर पाएको छ ।
    आज २ करोड ११ लाख कित्ता शेयर ८ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ३० लाख कित्ता शेयर १ अर्ब ८४ करोड रुपैयाँमा किनबेच भयो ।


    अर्थ चाैतारी
  • विहिबार, ४ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट