काठमाण्डौ । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाग्लुङका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छिन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी)ले लक्ष्मीलाई ललितपुरको धोबिघाटबाट बिहीबार पक्राउ गरेको हो।
सरिता तिमल्सेना (कँडेल) सहितको जाहेरीको आधारमा उक्त सहकारीका अध्यक्ष ५१ वर्षीय देवकुमार नेपालीसमेत ८ जनालाई पक्राउ गर्न भन्दै पक्राउ पूर्जी समेत जारी भएको थियो।
गत जेठ २ गते जिल्ला अदालत बाग्लुङबाट पक्राउ पूर्जी जारी भएपछि फरार भएकी २७ वर्षीया लक्ष्मीलाई सीआईबीले पक्राउ गरेको हो।
अर्थ चाैतारी ।