logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • कामना सेवा विकास बैंकले गर्यो शैक्षिक तथा खेलकुद सामाग्री सहयोग

    कामना सेवा विकास बैंकले गर्यो शैक्षिक तथा खेलकुद सामाग्री सहयोग

    1.4K
    SHARES
    कामना सेवा विकास बैंकले गर्यो शैक्षिक तथा खेलकुद सामाग्री सहयोग

    काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय डुम्रे, तनहुँ मार्फत सालबिस्नेस्थित श्री सत्यवती देवी आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।



     

    बैंकका शाखा कार्यालय डुम्रेका शाखा प्रमुख बलराम लम्सालले विद्यालयका प्रधानाध्यापक ईश्वर बहादुर देवकोटाको उपस्थितिमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा विद्यालयका विद्यार्र्थीहरु, शिक्षकहरु तथा स्थानीय साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

    यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ


    अर्थ चाैतारी
  • मंगलबार, २३ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट